वेस्ट इण्डिजमाथि भारतको रोमाञ्चक जित

घरेलु टाेली वेस्ट इण्डिजविरूद्धको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा भारत विजयी भएको छ । उसले गएराति तीन रनको रोमाञ्चक जित हात पारेको हो । 

३०९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ५० ओभर नै ब्याटिङ  गरे पनि ६ विकेट गुमाउँदै ३०५ रन मात्र  बनाउन सक्यो। वेस्ट इण्डिजका लागि सर्वाधिक ७५ रनकाे याेगदान दिएका काइल मायर्सले ६८ बलमा १० चाैका र एक छक्का प्रहार गरे ।

ब्रेन्डन किङ्गले ६६ बलमा समान दुई चाैका र छक्कासहित ५४, सम्रराह ब्रुक्सले ४६, अविजित रहेका राेमारियाे सेफर्डले ३९ र अकिल हुसेनले ३२ तथा कप्तान निकाेलस पुरनले २५ रन जाेडे ।

भारतका लागि महम्मद सिराज, युजवेन्द्र चहल र शार्दुल ठाकुरले एक/ एक विकेट लिए । यसअघि ट्रिनिडाडकाे पाेर्ट अफ स्पेनस्थित क्विन्स पार्क ओभलमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा सात विकेट  गुमाउँदै ३०८ रन बनाएकाे थियाे ।
भारतका लागि कप्तान शिखर धवनले ९७ रनकाे उत्कृष्ट पारी खेले । ९९ बलकाे सामना गरेका उनले १० चाैका र तीन छक्का प्रहार गरे ।६४ रन बनाएका शुभमन गिलले ५३ बलमा ६ चाैका र दुई  छक्का प्रहार गरे । श्रेयस अय्यरले ५७ बलमा पाँच चाैका र दुई छक्कासहित ५४, दीपक हुडाले २७, अक्षर पटेलले २१, सूर्यकुमार यादवले १२ र सञ्जु स्यामसनले १२ रन जाेडे ।

वेस्ट इण्डिजका लागि अल्जारी जाेसेफ र गुडाकेश माेतीले दुई / दुई  तथा राेमारियाे सेफर्ड र अकिल हुसेनले एक/ एक विकेट हात पारे । याे जितसँगै भारतले तीन खेलकाे सिरिजमा १-० काे अग्रता लिएकाे छ । दोस्रो खेल भाेली हुनेछ ।   





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार ९:४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया