साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

साविक विजेता नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा १–० गोलले हराउँदै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलोपटक सेमिफाइनल प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा फ्रान्सको जितमा इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन् । 

फ्रान्सकी दिआनीलाई नेदरल्यान्ड्सकी डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो । खेलमा नेदरल्याण्ड्सले केही अवसर बनाए पनि फ्रान्स गोलरक्षकले विफल पारिन् । 

योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ । अर्को सेमिफाइनलमा स्वीडेन र इंग्ल्याण्ड भिड्ने पक्का भएको छ ।  





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ६:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया