ब्राजिलियन फरर्वाड नेयमारले क्लबमै बस्ने इच्छा देखाइरहँदा पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टायरले भने उनको क्लब भविष्य अन्योलमा रहेको प्रतिक्रिया दिएका छन् ।
नेयमारले चाहेको खण्डमा क्लब छोड्न सक्ने बताइएका पनि उनले भने तत्काल क्लब छोड्ने कुनै इच्छा देखाएका छैनन् । नेयमार र पिएसजीबीचको सम्झौता अझै तीन वर्षका लागि बाँकी छ । शनिबार मात्र नेयमारले आफू फ्रेन्च लिग वान च्याम्पियन पिएसजीमै सन्तुष्ट रहेको बताएका थिए ।
गाल्टायरले नेइमार २०२२/२३ सिजनमा आफ्नो टोलीको रणनितीमा रहेको वा नरहेको प्रष्ट नभएको बताए । ‘सरुवा बजार बन्द भएपछि के हुन्छ मलाई थाहा छैन’, उनले भने, हामीले नेयमारले क्लब छोड्न चाहेको पनि भनेका छौ र उनी क्लबमै बस्छन् पनि भनेका छौँ । यसले दुविधा बढाएको छ । मैले यसबारे नेयमारसँग केही कुरा गरेको छैन । तर उनी आफ्नो बारेमा चलेको चर्चाले चिन्तित छैनन् ।’
गत सिजन नेयमारले लिग वानमा १३ गोल गरेका थिए । तर सन् २०१९–२० को च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डविरुद्धको गोल गरे यता उनले नकआउट चरणमा गर्न सकेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।