प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि व्यक्त गरे ।
उनले निर्वाचन नगरी गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरिएको हो कि भन्ने आशंका व्यक्त गरे । उनले निर्वाचन मिति घोषणा गर्न माग गरे ।
उनले भने – ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुँठी नमिलेर हो कि ? आशीर्वाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ? या चुनाव नगराउने मनसायले गठबन्धन लामो समय टिकाउनको निम्ति हो कि जनता जान्न चाहन्छन् । मैले सरकारसँग माग गर्न चाहन्छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।