नयाँदिल्लीमा पनि भेटिए मंकीपक्स संक्रमित
फाइल तस्वीर

भारतको नयाँदिल्लीमा मंकीपक्सका एकजना बिरामी फेला परेका छन् । राजधानी शहरमा यो रोगका बिरामी पहिलोटक भेटिएका हुन् । योसँगै मंकीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ । 

यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो । आज रोग पुष्टि भएका बिरामीलाई सरकारी अस्पताल भर्ना गरिएको छ । उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन् ।  अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर छ । यसअघि रोग पुष्टि भएका बिरामी विदेशबाट आएका थिए । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको विषय बनेको बताउँदै शनिबार विश्वव्यापी जनस्वास्थ्य आपत्कालीन घोषणा गरेको थियो । डब्लुएचओका अनुसार यो रोग संक्रमित जनावरबाट अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्छ जसले छालामा खटिराजस्ता देखिने घाउ बनाउँछ ।

हालसम्म विश्वका ७५ देशमा मंकीपक्सका १६ हजारभन्दा बढी बिरामी भेटिएका छन् भने पाँच जनाको मृत्यु भएको डब्लुएचओले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १७:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया