वामपन्थी र समाजवादी शक्ति मिलेर निर्वाचनमा जान्छौँ, एमालेसँग पनि कुरा भइरहेकाे छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले यस्तो बताएका हुन् । 

देशका वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने छलफल भइरहेको बताउँदै उनले यस सम्बन्धमा दुईपटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको उल्लेख गरे । 

देशको आवश्यकता वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनु भए पनि कतिपपय समूह त्यसका निम्ति तयार नभएको उनले बताए । ‘आवश्यकताको दृष्टिले सबै वामपन्थीहरु एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘तर कतिपय समूह तयार नै छैन । आउने चुनावमा बिल्कुलै सम्मानजनक ढंगले सबैको बीचमा सहमति हुनुपर्ने आवश्यकता छ ।’

तत्कालीन आवश्यकता पाँचदलीय गठबन्धनको भए पनि दीर्घकालिन आवश्यकता भने वाम एकता रहेको बताउँदै उनले वाम एकताको सम्बन्धमा नेकपा (एमाले)सँग पनि कुराकानी चलेको बताए । यद्यपि, सो कुराकानी प्रभावकारी भने नभएको उनको भनाइ छ ।
 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १८:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया