अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पुरिँदा गएराति घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । 

अमरका भाइ वीरेन्द्र विष्ट, छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनामा नैना विष्ट गम्भीर घाइते भएकी घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अहिले जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको छ । 
 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार ८:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया