रुसी सेनाको दाबी : युक्रेनको हतियार भण्डार नष्ट गर्‍यौं

रुसी सेनाले युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिका निर्मित एचआईएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार नष्ट गरेको दाबी गरेका छन् । उक्त घटनाका बारेमा स्वतन्त्र ढंगले पुष्टि हुन बाँकी छ ।

रुसले यसअघि युक्रेनलाई पश्चिमले आपूर्ति गरेको एचआईएमएआरएस प्रणालीहरू नष्ट गरेको दाबी गरेको थियो । तर, उक्त दाबीलाई किभले अस्वीकार गरेको थियो । 

पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ । 





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार ६:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया