logo-img

नेपालमा ७ देशबाट भित्रिन्छ कन्डम, सबैभन्दा बढी भारतबाट आयात

नेपालमा विश्वका सातवटा देशबाट कन्डम भित्रिने गरको छ । भारत, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम आउने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

जसमध्ये, भारतबाट सबैभन्दा धेरै ११ करोड ७० लाख ९२ हजार रुपैयाँको कन्डम भित्रिएको छ । यस्तै, दक्षिण कोरियाबाट २ करोड ४८ लाख रुपैयाँको कन्डम भित्रिँदा दक्षिण कोरियाबाट ९६ लाख ९४ हजार रुपैयाँको भित्रिएको छ । 

यस्तै, मलेसियाबाट ५९ लाख रुपैयाँको आयात हुँदा चीन ५४ लाख ५२ हजार रुपैयाँको कन्डम आयात भएको तथ्यांक छ । चालू आर्थिक वर्ष २०७८÷७९ मा विदेशबाट १६ करोड २० लाख रुपैयाँको कन्डम भित्रिएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको एक बर्से अवधिको तथ्यांकअनुसार साउनदेखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको कन्डम आयात भएको हो ।   

यस अवधिमा विदेशबाट ५ करोड २८ लाख ३७ हजार थान कन्डम भित्रिएको छ ।   





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १२:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया