नेपालमा एकै दिन ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ५५ नमुनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएको जनाएको छ ।
आज २ हजार २१५ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ४०० र २ हजार ८४० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कोरोनाका कारण आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ ।
आज देशभर ३ हजार ७१४ सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।