गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

अछाममा एकजना गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ की गर्भवती महिला सीता रावलको जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा हेलिकोप्टरमार्फत लगिएको छ ।

८ महिनाको गर्भमा बच्चा मरेको अवस्थामा रहेकाले झण्डै ४ दिनसम्म नियमित औषधि सेवन गराउँदा पनि बच्चा ननिस्केपछि आमाको ज्यान समेत जोखिममा हुने भएकाले बाहिर रिफर गरिएको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्वाजले बताए । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी सुर्खेत पठाइएको हो ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १८:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया