नयाँ बानेश्वरमा बालेन साहविरुद्ध नाराबाजी

नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीलाई नगरप्रहरीले हटाउन थालेपछि व्यवसायीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

बुधबार साँझ नगरप्रहरीले सडक छेउका व्यवसायीका सामान उठाउन थालेपछि उनीहरूले मेयर बालेनविरुद्ध नाराबाजी गरेका हुन् ।

बानेश्वरस्थित छक्कुबक्कु पार्कनजिकै सडक छेउमा व्यापारी जम्मा भएर केहीबेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै सडक छेउका व्यापारी आक्रोशित बनेका छन् ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार २०:८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया