डा. रामानन्द गिरिको स्मृतिमा उपत्यकाव्यापी वक्तृत्वकला सम्पन्न

महेश संस्कृत गुरुकुल, देवघाटले बुधबार उपत्यकाव्यापी प्रज्ञा वक्तृत्वकला सम्पन्न गरेको छ । गुरुकुलका संस्थापक डा.स्वामी रामानन्द गिरिको पाचौँ स्मृतिदिवसका अवसरमा आयोजित प्रतियोगितामा उपत्यकाका ४६ वटा विद्यालयका छात्रछात्राले भाग लिएका थिए। 

महेश संस्कृत गुरुकुल तथा महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरिको सभाध्यक्षता रहेको त्यस सभामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा.जगमान गुरुङ प्रमुख आतिथ्य रहेको थियो । 

उक्त सभामा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकाल, वरिष्ठ समालोचक प्रा.डा. महादेव अवस्थी, सहप्रा.डा. नवराज कट्टेल, सहप्रा.डा. श्रीराम अधिकारी, प्रा.डा.नुरापति पोख्रेल, महेश संस्कृत विद्यापीठका प्राचार्य कमल सुवेदी, महेश संस्कृत गुरुकुल माविका प्रधानाध्यापक फणिन्द्र पौडेल, महेश छात्र परिषदका अध्यक्ष उपप्रा. उमेशप्रसाद घिमिरेलगायतको सहभागिता थियो। 

प्रतियोगितात्मक यस कार्यक्रमको निर्णायक मण्डलमा नेपाली साहित्यकी स्थापित कवयत्री तथा पद्मकन्या क्याम्पस वागबजारकी सहप्राध्यापक प्रभा भट्टराई, वाल्मीकि विद्यापीठका सहप्राद्वय डा.मुकुन्द लामिछाने र डा. लेखप्रसाद निरौलालाई जिम्मेवारी दिइएको थियो । 

‘असल नागरिक निर्माणमा नैतिक शिक्षाको भूमिका’ विषयक वक्तृत्वकलामा सहभागी ४६ वक्तामध्ये सरस्वती एकेडेमी, चाबहिलकी छात्रा आयुषा सापकोटा प्रथम, रिपुमर्दिनी सैनिक महाविद्यालय, बाँसबारीका छात्र सुतृष्ण पौडेल द्वितीय, नेपाल वेदविद्याश्रमका छात्र अन्जन ढुंगेल तृतीय भए । 

प्रतियोगितामा टाइमलाइन एकेडेमी, जोरपाटीकी छात्रा प्रसन्ना पुडासैनी र सैनिक आवासीय महाविद्यालय, भक्तपुरकी छात्रा कुशा पोख्रेलले प्रोत्साहन प्राप्त गरेका थिए । विजयी छात्रछात्रालाई प्रमुख अतिथि डा. जगमान गुरुङबाट प्रमाणपत्र र सभाध्यक्ष रमणानन्द गिरिबाट नगद पुरस्कार वितरण गरिएको थियो। 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार २२:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया