एलनको शतकमा स्कटल्याण्डमाथि न्यूजिल्याण्डको फराकिलो जित

घरेलु टोली स्कटल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा पाहुना टोली न्यूजिल्याण्ड ६८ रनले विजयी भएको छ । यो जितसँगै उसले दुई खेलको सिरिजमा १–० ले अग्रता लिएको छ ।  

स्कटल्याण्डले भने सिरिजमा हारबाट सुरुवात गरेको छ । २२६ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । उसका कलुम म्याकलिओडले सर्वाधिक ३३, क्रिस ग्रेभ्सले ३१ र जर्ज मुन्सेले २८ रन जोड्दा मार्क वाटले अविजित रहदै १७ रन बनाए।

न्यूजिल्याण्डका ईश सोधीले चार, मिचेल स्यान्टनरले दुई तथा लोकी फर्गुसन र बेन सिर्सले समान एक विकेट लिए । त्यसअघि इडनबर्गस्थित ग्रेज क्रिकेट क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२५ रन बनाएको थियो ।

न्यूजिल्याण्डका ओपनर फिन एलेनले १ ०१ रनको शतकीय पारी खेले । उनले ५६ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । मार्टिन गप्टिलले ४०, जेम्स निशमले ३०, ग्लेन फिलिप्सले २३ रन बनाउँदा डेरिल मिचेल २३ रनमा अविजित रहे ।

रिची बेरिङ्टन, क्रिस सोल, हम्जा ताहिर र मार्क वाटले एक/एक विकेट हात पारे । न्यूजिल्याण्ड र स्कटल्याण्डबीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार ७:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया