एसिसी एसिया कप श्रीलंकाबाट यूएई सर्‍यो

एसिसी एसियाकप क्रिकेट २०२२ यूएईमा आयोजना हुने भएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट यूएईमा सारिएको हो ।

श्रीलंका क्रिकेट बोर्ड भने एसिया कप आफ्नै देशमा गर्ने योजनामा  थियो । तर, एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसिया कप युएईमा गर्ने निर्णय गरेको हो ।

टी–२० शैलीमा आयोजना हुने एसिया कप २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म हुनेछ । एसिया कपमा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने एक राष्ट्र गरी कुल ६ टोली सहभागी हुनेछन् ।  





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार ८:४४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया