नेपालले एसपिपीमा सहभागी नहुने अमेरिकालाई पत्र पठाइसक्यो : परराष्ट्रमन्त्री खड्का

परराष्ट्र मन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी)मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले गत ६ असारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपिपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको जानकारी दिएका हुन् । 

‘साउन ९ गते तदनुसार २५ जुलाई २०२२ दिन कूटनीतिक माध्यमबाट नेपालले एसपिपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको जानकारी गराउन चाहन्छु,’ मन्त्री खड्काले संसद बैठकमा भने । 

सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले एसपिपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना भइरहेको थियो । 
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राष्ट्र हितविपरीत कुनै पनि सन्धि सम्झौता नहुने उनको प्रतिबद्धता छ । 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १३:२१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया