ईश्वर पोखरेलको निर्देशन : भाकल गरेर सत्ता गठबन्धन कमजोर हुँदैन, कुकृत्य भण्डाफोर गर्नुहोस्
फाइल तस्वीर

नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनले गरेका कुकृत्यको भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले भोजपुर काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले गठबन्धनलाई कमजोर बनाउन पहिला आफू बलियो हुनुपर्ने बताए । त्यसका लागि भाकल गरेर बसेर नहुनु उनको भनाइ छ । उनले भने, 'भाकल गरेर गठबन्धन कमजोर हुँदैन । गठबन्धनले गरेका कुकृत्यको भण्डाफोर गर्नुपर्छ ।'

उनले कांग्रेसले नेतृत्वमा देश विकास नहुने दाबी गरे । कांग्रेससँग देशको विकास गर्ने कुनै योजना नभएको सुनाए । उनले कांग्रेस र सत्ता गठबन्धनमा रहेका दलहरू स्वार्थमा लिप्त भएको तर्क गरे ।

एमालेसँग मात्र देशको विकास गर्ने एजेन्डा रहेको बताउँदै उनले राष्ट्रिय मुद्दामा केन्द्रित हुन नेता-कार्यकर्तालाई निर्देशन दिए ।

'देश बनाउने सपनालाई जागृत गर्न जरुरी छ । एमालेले देशको एजेण्डा बोकेको छ । राष्ट्रिय मुद्दाहरूमा हामी केन्द्रित हुनुपर्छ' उनले भने ।



साथै उनले हालै भएको निर्वाचनमा एमालेले सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको दाबी गरे ।



  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १५:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया