बायर्न म्युनिखले १० औंपटक जित्यो सुपर कपको उपाधि

डिएफएल सुपरकपको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति सम्पन्न सुपरकपमा बायर्न आरबी लेइपजिंगलाई ५–३ गोल अन्तरले हराउँदै  म्युनिखले उपाधि जितेको हो ।

उसको जितमा जमल मुसिआला, साडियो माने, बेन्जामिन पभार्ड, सेग्री ग्नाब्री र लिरोय सानेले एक/एक गोल गरे । त्यस्तै, आरबी लेइपजिंगका लागि मार्सल हालसटेनबर्ग, क्रिस्टोफर कुनकु र डानी ओल्मोले एक/एक गोल फर्काए ।

योसँगै बायर्नले सबैभन्दा बढी १० पटक सुपरकपको उपाधि जित्ने रेकर्ड पनि बनाएको छ । बायर्नले पछिल्लो तीन सिजन लगातार यो उपाधि जितेको छ ।  





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ६:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया