ब्राजिललाई आठौंपटक कोपा अमेरिकाको उपाधि

ब्राजिलले महिला कोपा अमेरिका (फेमेनिना) को उपाधि जितेको छ । उसले आज बिहान सम्पन्न खेलमा आयोजक कोलम्बियालाई १–० ले हराउँदै उपाधि जितेको हो । 

स्टेडियो अलफन्सो लोपेजमा डेविन्हाले खेलमा ३९ औं मिनेटमा पेनाल्टीमार्फत गरेको एक मात्र गोल ब्राजिललाई जित दिलाउन पर्याप्त बन्यो । ब्राजिलका लागि यो लगातार चौथो तथा समग्रमा आठौं कोपा अमेरिका उपाधि हो । अपराजित रहँदै विजेता बनेको उसले प्रतियोगिता भर कूल २० गोल गर्दा एक गोल पनि बेहोरेन । 

उसले प्रतियोगिताका नौवटै फाइनल खेल्दा एउटामा मात्र पराजय बेहोरेको छ । ब्राजिल सन् २००६ मा अर्जेन्टिनासँगपछि पर्दै उपविजेता बनेको थियो । तेस्रोपटक फाइनल पुगेको कोलम्बियाको पहिलो उपाधि जित्ने अभियानमा ब्राजिल बाधक बन्यो । उसले यसअघिका दुई फाइनलमा पनि ब्राजिलसँगै पराजय बेहोरेको थियो । 

त्यसअघि शनिबार पाराग्वेलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गर्‍यो । अर्जेन्टिनाकी यमिला रोड्रिगेज ६ गोलसहित सर्वाधिक गोलकर्ता बनिन् । कोलम्बियाको लिन्डा काइसेडो सर्वोत्कृष्ट खेलाडी चुनिइन् ।

८ जुलाईबाट सुरु भएको कोपा अमेरिका फेमेनिनामा कन्वेवल क्षेत्रका १० टोलीले सहभागिता जनाएका थिए । 





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १०:४१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया