चीनको चेतावनीको बाबजुद ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी

बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । मंगलबार उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् । 

चीनले अमेरिकी उच्च अधिकारीको ताइवान भ्रमण नगर्न निरन्तर चेतावनी दिँदै आएको थियो । चीनको चेतावनीको बाबजुद पेलोसी फाइटर जेटको सुरक्षासहित ताइवान पुगेकी हुन् । 

अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यस भ्रमणलाई अमेरिकी सरकारले औपचारिक घोषणा गरेको छैन ।सो भ्रमण पछिल्लो २ दशकभन्दा लामो समयको अन्तरालमा अमेरिकी उच्च अधिकारीको ताइवान भ्रमण हो । 





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार २१:२१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया