नेप्सेमा ६.७१ अंकले गिरावट, ४ अर्ब २ करोडको कारोबार
फाइल तस्वीर

सेयरबजार परिसूचक नेप्से बुधबार ६.७१ अंकले गिरावट आएको छ । लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबारदेखि सामान्य करेक्सन आएको हो ।

बुधबार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार कारोबार रकममा भने केही सुधार देखिएको छ मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ९ वटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक गिरावट भए पनि बुधबार सामलिङ्ग पावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ ।

तर यता स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ । त्यस्तै, गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ ।



बुधवार शिवम् सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपी पावरको १५ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।



  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १६:८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया