दक्षिण कोरियामा गत महिना आयातित कार बिक्रीमा १२.२ प्रतिशत कमी
फरकधार / १९ साउन, २०७९

लामो आपूर्ति अभावका कारण दक्षिण कोरियामा आयातित कार बिक्री गत महिनामा दोहोरो अंकको गिरावट आएको तथ्याङ्कले बुधबार देखाएको छ ।



कोरिया अटोमोबाइल्स इन्पोर्टर्स एण्ड डिस्ट्रिब्युटर्स एसोसिएसनका अनुसार यहाँ आयात गरिएका गाडीहरूको संख्या जुलाईमा २१ हजार ४२३ थियो र यो एक वर्ष पहिलेको भन्दा १२.२ प्रतिशत कम हो ।

यस वर्षको पहिलो सात महिनासम्म आयात गरिएका गाडीको घरेलु बिक्री एक लाख ५२ हजार ४३२ रहेको थियो । गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले घटेको हो ।



जर्मनीको बहुराष्ट्रिय कम्पनी बिएमडब्ल्यूले गत महिना पाँच हजार ४९० सवारी साधन बेचेर दक्षिण कोरियामा विदेशी कम्पनीहरूमाझ सबैभन्दा बढी सवारी साधन बेच्ने कम्पनी बनेको छ भने जर्मन कार निर्माता मर्सिडिज बेन्जले दोस्रो धेरै पाँच हजार ४५६ सवारी साधन बिक्री गरेको छ ।



त्यसैगरी अडीले एक हजार ८६५, भोक्सवागनले एक हजार ४१ र भोल्वोले एक हजार १८ सावारी साधन बेचेको छ । यहाँ बेचिएको युरोपेली मोडलका सवारी साधनको संख्या जुलाईमा १७ हजार ३४० थियो र यो कूल विदेशी कारको ८०.९ प्रतिशत हो ।  

अमेरिका र जापानी ब्रान्डले गत महिना क्रमशः १२.२ प्रतिशत र ६.८ प्रतिशतको बजार पाएका देखिएको छ ।  

  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार ८:३५:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया