विवादै विवादको भूमरिमा जनकपुर जेसीज

जनकपुर जेसीजका निवर्तमान अध्यक्ष मनोज साहले आफ्नो कार्यकालमा जेसीजमा कुनै प्रकारको अनियमितता नभएको दाबी गरेका छन् । साहले आफ्नो कार्यकालमा आएको आम्दानी रकम मध्ये आरोप लगाइएको १ लाख ४५ हजार रूपैयाँ बिओटी कहाँ सुरक्षित रहेको दावी गरेका हुन् ।

साहले आफूमाथि सामाजिक सञ्जालमा अनियमितता गरेको लगाइएको आरोप निराधार रहेको दावी गर्दै आफू कुनै प्रकारको आर्थिक गतिविधिमा संलग्न रहेको पाइएकोमा साधारण सदस्यबाट समेत राजीनामा दिन तयार रहेको बताए ।

जनकपुर जेसीजका वर्तमान अध्यक्ष राजकुमार साहले यसअघि निवर्तमान अध्यक्षसँग मिलेर अनियमितता गरेको भन्दै महासचिव अजयकुमार गुप्ता र कोषाध्यक्ष उपेन्द्रकुमार साहलाई कारवाही गरेका थिए ।

बीओटीका संयोजक एवं पूर्वअध्यक्ष निर्मल कुमार चौधरीले जेसीज नेतृत्व प्रदान गर्ने एउटा मर्यादित संस्था रहेको र यस संस्थामा युवाहरुबीच प्रतिस्पर्धा हुनुपर्ने,  विधिको शासनलाई पालना गर्नुपर्ने आवश्यकता भएपनि कसैको भडकाउमा अध्यक्ष साहले गलत किसिमबाट प्रस्तुत भएको बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष साहमाथि बोर्डका सदस्यहरुले अविश्वासको प्रस्ताव लगाएर हटाउने योजना रहेको सुनाए । पूर्वअध्यक्ष शंकर साह र निर्मल कुमार चौधरी लगायतले बोर्डबाट अध्यक्ष साहमाथि अविश्वासको प्रस्ताव लगाई पूर्व अध्यक्षहरुलाई जानकारी गराइएको बताए ।

अविश्वासको प्रस्ताव लगाएपछि पदमुक्त गर्नका लागि साधारण सभाको बैठक आवश्यक भएकाले छिट्टै साधारण सभाबाट अध्यक्ष साहलाई पदमुक्त गर्ने पूर्वअध्यक्ष शंकर साहले बताए ।



जनकपुर जेसीजमा विगत केही दिनदेखि भइरहेको जेसीजको मूल्यमान्यता, विधानविपरीतका क्रियाकलापले संस्थाको गरिमा धुमिलो बन्न पुगेको छ ।

यसअघि अध्यक्ष साहले जेसीजका महासचिव गुप्ता र कोषाध्यक्ष साहले जेसीजविरुद्ध विभिन्न नकारात्मक भ्रम फैलाएको आरोप लगाएका थिए । उनले कोषाध्यक्ष साहले जेसीजको नाममा मेगा बैंकमा रहेको खाताबाट आफूखुसी १ लाख ४५ हजार रुपैयाँ झिकेर व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोप लगाएका थिए ।



अध्यक्ष साहले कोषाध्यक्ष साहको नामले बैंकबाट रकम झिकेकोमा संस्थामा भएको आर्थिक चलखेलमा उनको संलग्नता रहेको भन्दै जेसीजको विधानको धारा २७ को ४ अनुसार उनलाई आर्थिक चलखेलको लागि कारबाही गरिएको बताएका थिए ।

त्यस्तै, महासचिव गुप्ताले पनि जेसीजको गरिमालाई ख्याल नगरि, संस्थाको हित विपरीत, नीति नियम भन्दा बाहिर गई अध्यक्षलाई मानहानी गर्ने किसिमले संस्थामाथि नै प्रश्न चिन्ह खडा गर्न अध्यक्षलाई पत्र काटेको र अध्यक्षलाई कुनै पनि जानकारी नदिई सूचना सम्प्रेषण गरेकोले गुप्तालाई जेसीजको विधानको धारा २७ को ४ र विधानको धारा २७ को २ अनुसार अनुशासनहिनताको कारवाही गरिएको उनले बताए ।

  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १९:२५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया