दक्षिणपूर्व थाइल्याण्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइट स्पोट्मा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरूको भाग दौड मच्चिएको थियो ।
आगलागीको कारण खुलेको छैन । एक तले उक्त भवनको पर्खालबाट आगो सल्किएको हुन सक्ने अग्नि नियन्त्रकहरूले अनुमान गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।