अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोलाबारी चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली बारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।
डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोला बारीमा उनीहरूको मृत्यु भएको हो । गोली चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ ।
प्रहरीले आक्रमणमा संलग्न रहेका एक सन्दिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बट्ल क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् ।
आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए । बट्लर सहरको जनसङ्ख्या ८ हजार छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।