logo-img

लोसपा संसदीय दलको बैठक बस्दै, चुनावी तालमेलको विषयमा छलफल हुने

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार बैठक दिउँसो १ वजे बानेश्वरस्थित संसद् भवनमा बैठक बस्न लागेको हो । 

संसदमा विचाराधीन रहेको विभिन्न विधेयकको बारेमा छलफल हुनुको साथै अगामी चुनावमा दलहरूसँग तालमेलको विषयमा पनि छलफल हुने उनले बताए । 

लोसपाले अगामी संघ र प्रदेशको चुनावमा कुनै न कुनै दलसँग तालमेल गर्ने भनि यसअघि नै निर्णय गरिसकेको छ । त्यसका लागि लोसपाले काँग्रेस, एमाले, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल पनि गरेको छ । तर, कुन दलसँग गर्ने विषयमा टुंगो लागेको छैन । 

आज बस्ने संसदीय दलको बैठकले त्यस विषयमा छलफल हुने भएको छ ।  





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १२:१३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया