स्वास्थ्य बीमा कार्यक्रमलाई कोल्याप्स गर्न पाइँदैन : खगराज अधिकारी

नेकपा (एमाले)का सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई कोल्याप्स गर्न खोजेको आरोप लगाएका छन् । उनले स्वास्थ्य क्षेत्रमा खतरनाक अवस्था आउँदै गरेको बताउँदै स्वास्थ्य बीमा कार्यक्रमलाई नरोक्न आग्रह गरे ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई बन्द गरेर जनताको स्वास्थ्यसँग खेलबाड गर्न नपाइने तर्क राखे ।

'स्वास्थ्य बीमा कार्यक्रमलाई कोल्याप्स गर्न पाइँदैन । अपाङ्ग भएका जनताको स्वास्थ्यसँग खेलबाड गर्न पाइँदैन । ज्येष्ठ नागरिकमाथि खेलबाड गर्न पाइँदैन । एचआईभी एड्स संक्रमितमाथि खेलafड गर्न पाइँदैन । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबैलाई यस कार्यक्रममा समावेश गराउनको निम्ति सरकारी स्वास्थ्य क्लिनिक, स्वास्थ्य संस्था र प्राइभेटलाई समेत स्वास्थ्य बीमा ऐन अन्तर्गत जुनजुन कुराको सुविधा छ, त्यो सुविधा दिनको निम्ति जोडदार माग गर्न चाहान्छु' उनले भने ।

अधिकारीले बीमा कार्यक्रम बन्द गरेर ज्येष्ठ नागरिक, बालबालिकाको हुर्मत लिन खोजेको हो भन्दै आक्रोश व्यक्त गरे । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षीय रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १४:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया