नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छ : देव गुरुङ

नेकपा माओवादी केन्द्र)का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको उनले बताए । पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेता गुरुङले नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे । 

देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनै दिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने गुरुङको चेतावनी छ । नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै उनले राष्ट्रिय स्वाधिनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताए । 

नेपालको इतिहासमा सुगौली सन्धिदेखि नै नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित हुँदै आएको उनले बताए । नेपालमा खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजस्व छली भइरहेको उनको दाबी छ । 

यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको बताउँदै उनले नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने बताए । पासपोर्ड र भिसाको व्यवस्था गरेर मात्रै यो समस्या समाधान हुने भन्दै उनले खुला सीमा भएकै कारण कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभागमा अतिक्रमण बढिरहेको बताए । 

खुला सीमाना नियतवश राखिएको भन्दै उनले यसलाई राज्य सञ्चालकहरुले सीमा नियन्त्रण र व्यवस्थित गर्न नसकेको बताए । खुला सीमानाका कारण नै नेपालको नागरिकतामा यसको असर परिरहेको बताउँदै उनले खुला सीमानाले आप्रवासीको जनसंख्या बढेको पनि बताए । 





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १८:०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया