यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो ।
याेसँगै रियलले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ । तीन टोलीले समान ५/५ पटक सुपर कप उपाधि जितेका छन् ।
नयाँ सिजन सुरु हुनुभन्दा अगाडि यूईएफए सुपर कपका लागि च्याम्पियन्स लिग तथा युराेप लिग विजेता प्रतिस्पर्धा गर्ने गर्छन् । रियल च्याम्पियन्स लिग र फ्रान्कफुर्ट युराेपा लिग विजेता हुन् ।
रियलको जितमा डेभिड अलाबा र करिम बेन्जेमाले हाफमा एक/एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले गत सिजनमा ४६ खेलमा ४४ गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।