तीन महिनामा एक लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल घुम्न आए
फाइल तस्बिर

बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना (वैशाख, जेठ र असार)मा उक्त सङ्ख्यामा पर्यटक नेपाल भित्रिएका हुन् । 

सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट १ लाख ६८ हजार ८४७ जना पर्यटक स्वदेश फर्केका छन् । 

अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा नेपालबाट सबैभन्दा बढी पर्यटक भारत, अमेरिका, बेलायत, बङ्गलादेश र अस्ट्रेलियाबाट आएका छन् । 

उक्त समयमा भारतबाट ७४ हजार ४६९, अमेरिकाबाट २२ हजार ७४८, बेलायतबाट ८ हजार ६०८, बङ्गलादेशबाट ७ हजार ६१६ र अस्ट्रेलियाबाट ५ हजार १७६ जना पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका थिए । 

यस्तै, फ्रान्सबाट २ हजार ८१४, जर्मनीबाट २ हजार ४२३, क्यानडाबाट २ हजार ३७०, चीनबाट १ हजार ७९७, रुसबाट १ हजार ५६६, दक्षिण कोरियाबाट १ हजार २५०, स्पेनबाट १ हजार २८३, नेदरल्याण्डबाट १ हजार २७७, सिंगापुरबाट १ हजार १९३, थाइल्यान्डबाट १ हजार १५१, बेल्जियमबाट १ हजार ७६, जापानबाट १ हजार ५२, इटालीबाट १ हजार ४३, फिलिपिन्सबाट १ हजार ३७, पाकिस्तानबाट ९९५, टर्कीबाट ९३२ र भियतनामबाट ८३७ जना पर्यटक नेपाल भित्रिएका छन् ।  





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ११:४८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया