logo-img

कांग्रेसले जस्तै उदारता देखाउन सरकारलाई प्रतिपक्षको आग्रह

काठमाडाैं– प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले वर्तमान सरकारलाई नेपाली कांग्रेसले जस्तै उदारता देखाउन आग्रह गरेकी छिन् । उनले, आफूहरू सत्तामा रहेका बेला नेम्स अस्पतालको नाम परिवर्तन गरेर मनमोहनको नाममा राख्दा कुनै आपत्ति नजनाएको स्मरण गर्दै उनले त्यो उदारता अहिलेको सरकारले पनि देखाउनुपर्ने बताइन् ।

सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नमामका अस्पताललाई केन्द्रमातहतबाट हटाएको भन्दै कांग्रेसले विरोध जनाइरहेको छ । शुक्रबारको संसद् बैठकलाई साम्बोधन गर्दै सचेतक भुसालले स्वस्थ्य मन्त्रालयले पुस १९ गते ११ वटा अस्पताललाई संघमातहत राख्ने निर्णय गरेको बताउँदै त्यसबाट पछि चलाखीपूर्वक नेपाली कांग्रेसका नेताको नाममा स्थापित अस्पतालको नाम हटाएकोप्रति आपत्ति जनाइन् । 

उनले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर हस्पिटल संघमा नराख्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले स्वास्थ्य मन्त्रालले दुई अस्पताललाई विघटन गर्न सरकारले प्रक्रिया अघि बढाएकोमा पनि आपत्ति जनाइन् । 

भुसालले सरकारको गलत मनसायले नेपाली कांग्रेसको इतिहास मेट्न लागेको भन्दै दुई हस्पिटल यसैको परिणाम भएको बताइन् । त्यसमा प्रतिपक्षको घोर आपत्ति रहेको बताइन् । 






  • प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार १५:७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया