logo-img

आगामी निर्वाचनमा पूर्वम्यादी र पूर्वसुरक्षाकर्मीलाई विशेष प्राथमिकता : प्रहरी महानिरीक्षक सिंह
फाइल तस्वीर

आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्वम्यादी प्रहरी र पूर्वसुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने भएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले यस्तो बताएका हुन् । 

उनले हालमा म्यादी प्रहरीको संख्या निर्क्यौल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्नेबारेमा छलफलका लागि सूची पठाइसकेको बताए । उनले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताए । 

महानिरीक्षक सिंहले यसबारेमा प्रारम्भिक चरणमा छलफल र तयारी चलिरहेको बताए । उनले निर्वाचनका लागि आवश्यक सुरक्षा परिचालन दिने कुरा सम्बन्धित मन्त्रालयबाट प्राप्त भइसकेको बताए । 

‘हामी मंसिर ४ को निर्वाचनको तयारीमा छौँ । प्रारम्भिक चरणमा गरिने कामको तयारीमा छौँ । म्यादी प्रहरी, नेपाल प्रहरीहरु खटाउँदा लाग्ने खर्चको बारेमा गृह मन्त्रालयमा पठाइसकेका छौँ’ उनले भने । 

उनले नेपाल प्रहरी निर्वाचनको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको बताए ।





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १७:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया