यी हुन् सलमान रुस्दीका आक्रमणकारी

शुक्रबार न्युयोर्क राज्यमा एउटा साहित्यिक कार्यक्रममा चक्कु हमलापछि गम्भीर घाइते भएका चर्चित उपन्यासकार सलमान रुस्दीको आँखाको शल्यक्रिया भइरहेको छ । उनले एउटा आँखा गुमाउन सक्ने अनुमान गरिएको छ । आक्रमणकारीको पहिचान खुलेको छ । प्रहरीका अनुसार न्यु जर्सीका २४ हाडी मटरले रुस्दीलाई चक्कु प्रहार गरेका थिए । 

माटरको सामाजिक सञ्जालको प्रारम्भिक समीक्षामा उनी सिया अतिवाद र इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आइआजिसी)प्रति सहानुभूति देखाएको जनाइएको छ । मटर र आइजिसीबीच कुनै सीधा सम्बन्ध नभए पनि अन्वेषकहरूले उनको सेल फोन मेसेजिङ एपमा सन् २०२० मा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको तस्बिरहरू फेला पारेको जनाइएको छ । 

रुस्दी सहभागी स्टेजमा मटर अकस्मात उफ्रिएर उनको गर्धनमा कयौँ पटक चक्कु प्रहार गरेका थिए । मटर एक्लैले उक्त हमला गरेको प्रहरीको भनाई छ । माटरको राष्ट्रियता र उनको आपराधिक रेकर्डबारे अमेरिकी अधिकारीहरूले अध्ययन गरिरहेका प्राप्त विवरणमा जनाइएको छ ।





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १३:३७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया