महोत्तरीमा दुई मोटरसाइकल जुध्दा पाँचजना घाइते

महोत्तरीको मनरासिस्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । शनिबार जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको प्रदेश २–०३–०१९ प ११११ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००३ प ६७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा पाँचजना घाइते भएका हुन् ।

घाइते हुनेमा जिल्ला सर्लाही बरहथवा नगरपालिका–१६ का ३५ वर्षीय हरिशंकर यादव र उनकी श्रीमती २५ वर्षीया सृजना यादव घाइते भएका प्रहरीले जनाएको छ । 

त्यस्तै, महोत्तरी गाँउपालिका २ का २२ वर्षीय विजय यादव, उनकी श्रीमती वर्ष २१ की सुनिता र २ वर्षीया छोरी सोनी रहेका प्रहरीले जनाएको छ ।

घाइते पाँचैजनाको प्रदेशिक अस्पताल जलेश्वरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार २०:२९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया