भैरव रिसालका ‘छानिएका रचना’ सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार रिसालको ९५ औँ जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो । 

सिमल बुक पब्लिकेसनले शनिबार काठमाडौंमा आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा.गोविन्द सार्की नेपालीले संयुक्त रूपमा आज लोकार्पण गरे । 

पुस्तकमा मजदुर (दैनिक) र श्रमिक (साप्ताहिक) पत्रिकामा छापिएका करिब दुई सय लेख मध्येबाट छानेर करिब ६५ लेखलाई पुस्तकमा समावेश गरिएको छ । सिमल बुक पब्लिकेसनले प्रकाशन गरेको सो पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ । 

पुस्तकमा ‘खल्लो नयाँ वर्ष’, ‘मरणोपरान्त पनि सजाय दिऊँ’, ‘नेहरुको चिठी सार्वजनिक गर’, ‘खोजेको के भइरहेको छ ?’ ‘नक्सा एकता एमसिसीविरुद्ध पनि’, ‘कति तरल राजनीति’ र ‘अविलम्ब सार्वजनिक गर’लगायतका लेख समावेश गरिएको छ । 

पुस्तकलाई वरिष्ठ पत्रकार भरतराज पोखरेलले सम्पादन गरेका छन् । समाजसेवी तथा वरिष्ठ चिकित्सक दासले बहुआयामिक व्यक्तित्व पत्रकार रिसालले समाजमा पुर्याएको योगदानको राज्यले उच्च कदर गर्नुपर्नेमा जोड दिए ।





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार २०:४१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया