logo-img

मिलन पाण्डेले गरे विवेकशील साझा पार्टी पुनर्गठनको घोषणा
फाइल तस्बिर

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्म अनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएपछि नेतृत्व खाली थियो । लामो समयसम्म पार्टीको अध्यक्ष खाली भएपछि मिश्रले आफ्नै नेतृत्वमा पार्टी निर्वाचन आयोगमा दर्ता गर्न आग्रह गरेको चार दिनपछि नेता पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका हुन् ।

‘विवेकशील साझा पार्टीमा विचार भन्दा माथि देश दस्ताबेज आए लगत्तै उक्त दस्ताबेज संविधान विरोधी, वैकल्पिक राजनीतिको मर्म विरोधी, युवा तथा परिवर्तन विरोधी र समग्रमा राष्ट्र विरोधी संकथन हो भनेर हामीले भनेकै हो। पार्टी स्थापनाको मर्म विपरित ल्याइएको उक्त दस्तावेजले आम नागरिकको वैकल्पिक राजनीति प्रतिको आशामाथि बेइमानी थियो। यसको हिसाबकिताब इतिहासले राख्नेछ,’ उनले भनेका छन्, ‘तर, आजै हामीले दिनुपर्ने एउटा प्रश्न अनुत्तरित छ। के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्यूँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशक सम्मको सदस्यहरूको मिहिनेत राजतन्त्रको पक्ष पोषणका लागि थियो रु नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन। त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन।’ 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १२:३४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया