प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिन्छु : वामदेव गौतम

नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने बताएका छन् । 

मंगलबार काठमाडौंस्थित निर्वाचन कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

उनले भने 'राष्ट्रियसभा छोडेर प्रतिनिधिसभामा निर्वाचनमा उम्मेदवारी दिने हो ।' एकता राष्ट्रिय अभियानले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन जाने निर्णय गरेको छ ।

उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेकाे र यसैकाे प्रक्रियाबारे विषय बुझ्न आएको प्रतिक्रिया दिए ।





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १५:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया