कांग्रेसलाई स्थानीय निर्वाचनकै हैसियतमा पुर्‍याउने गरी लाग्न ज्ञानेन्द्र कार्कीको आह्वान

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेस पार्टीलाई स्थानीय तह निर्वाचनकै हैसियतमा पुर्‍याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन् ।

कांग्रेस नेतासमेत रहेका मन्त्री कार्कीले मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई मुलुकको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पनि आगामी निर्वाचनबाट पाउने गरी निर्वाचनमा तयारीमा जुट्नुपर्ने बताए । 

बुधबार काठमाडौंमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली काँग्रेस र सत्तारुढ गठबन्धनको विकल्प नभएको पनि पटकपटक दोहोर्‍याए । 

आगामी निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै रहने उल्लेख गर्दै मन्त्री कार्कीले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले हासिल गरेको सफलता प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि हासिल गर्नुपर्ने बताए । 

मन्त्री कार्कीले पाँच वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस नै विजयी हुनेगरी काम गर्न स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।

उनले विकास निर्माण, जनताको सेवा प्रवाह र उनीहरूको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन पनि स्थानीय तहको सरकारले ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट परे । 



मन्त्री कार्कीले जनतालाई मर्का नपर्ने गरी करको दर तोक्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराए । उनले स्थानीय तहमा करका दरहरु निर्धारण गर्दा सबैको सहमती लिन जरुरी रहेको पनि बताए ।



  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १४:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया