अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्ने विषयमा सकारात्मक छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्ने कुरामा आफू सकारात्मक भएको बताएका छन् । 

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएकै सेवा सुविधा उपलब्ध गराएको स्मरण गर्दै अहिले पनि समस्या समाधानको पहल गर्ने आश्वासन दिएका हुन् । 

उनले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई पनि निजामति सेवा ऐनमा समावेश गर्नका लागि गठबन्धनभित्र छलफल भएको र सबै सकारात्मक रहेको बताए । 

‘स्वतः अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू स्थायी हुने व्यवस्था गर्नुपर्ने भन्नुभएको छ, किनभने म आफैं प्रधानमन्त्री भएका बेलामा तपाईँहरूको सेवा सुविधा बढ्नुपर्छ भनेर पहल गरिसकेको व्यक्ति हुनुको नाताले तपाईँहरूको यो माग पूरा गराउन मेरो विशेष पहल हुने विश्वास दिलाउन चाहन्छु ,’ प्रचण्डले भने, ‘त्यसैगरी निजामति सेवा ऐनमा यो कर्मचारीहरूलाई पनि समावेश गर्नुपर्छ भन्ने तपाईंहरूको अर्को माग छ । हामी अहिले गठबन्धनभित्र गम्भीर रुपले निजामति सेवा ऐनलाई अन्तिम रूप दिने र त्यसलाई पार्लियामेन्टमा लगेर पारित गर्ने प्रक्रियामा छौँ ।’

उनले अस्थायी, करार र ज्यालादारी कर्मचारीको लागि महङ्गी भत्ता र स्वास्थ्य बीमा बढाउने र सामाजिक सुरक्षा कोषमा आवद्ध हुने लगायतका माग पूरा गर्ने आश्वासन पनि दिए । 

श्रमिकको हक हित, सामाजिक न्याय र आत्मसम्मानका लागि नै माओवादीले बलिदान गरेको बताउँदै दाहालले अझै गर्नुपर्ने सुधारका लागि प्रतिबद्ध रहेको उनले बताए ।





  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार १३:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया