अमेरिकी आइडल फाइनलिस्ट दिवेशले नेपालका ७ शहरमा कन्सर्ट गर्ने

अमेरिकी आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका हुन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रम उनले यस्तो बताएका हुन् । 

नेपालमा हुन लागेको पहिलो सांगीतिक यात्राबारे जानकारी दिन बिहीवार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि संगीत प्रस्तुत गर्न नेपाल आएको बताए । नेपालमा शनिबारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि उनीसहितको टोली नेपाल आएको थियो । 

उनले नेपालमा रहेका समर्थकका लागि सांगीतिक प्रस्तुति दिनका लागि र नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेन्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको बताए । 

एक महिनाको उनको नेपाल बसाइँमा नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिने बताए । उनले संगीत युनिभर्सल ल्याङ्ग्वेज भएकोले यसबाट नै नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिने बताए । 

गायक दिवेशले देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट गर्ने छन् । उनले नेपाल संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने सांगीतिक टूर डकुमेन्ट्रीलाई झनै नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।

सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आउनुभएका गायक पोखरेलले अमेरिका संगीतको हिसावले राम्रो ठाउँ भएको बताए । उनी अमेरिकन आडलको तेस्रो स्थान बनाउन सफल भएका थिए ।





  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार १३:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया