दुई वर्षीया छोरी छाडेर सुजता एक महिनादेखि सम्पर्कविहीन

पर्वतको जलजला गाउँपालिका–५ देखफाँटकी २० वर्षीया  सुजता खड्का एक महिनादेखि सम्पर्कविहीन भएकी छन् । गत ६ साउनमा दुई वर्षीया छोरीलाई घरमा नै छोडेर उनी एक महिनदेखि सम्पर्कविहीन भएकी हुन् ।

जलजला गाउँपालिका–८ नाग्लिवाङमा माइती घर भएकी जिसी घरमा कोही नभएको समयमा बालिकालाई घरमा नै छाडेर निस्किएको र हालसम्म पनि सम्पर्कमा नआएको परिवारले बताएको छ ।

सुजताका आफन्त र इष्टमित्र समक्ष सम्पर्क र आन्तरिक खोजतलास गरे पनि उनको अवस्थाका बारेमा थाहा नभएपछि श्रीमान् मदन जिसीले गत साउन ११ गते प्रहरी चौकी लेखफाँटमा खोजतलासका लागि उजुरी दिएका थिए । 

उजुरीलगत्तै प्रहरीले उनको खोजीका लागि जिल्लामा रहेका प्रहरी युनिटसहित जिल्ला बाहिर पनि हुलिया सहितको विवरण पठाएको भए पनि उनको अवस्थाको बारेमा कुनै पनि जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतले बताए । 





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १०:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया