१० हजार डलरसम्म विद्यार्थी ऋण मिनाहा गर्ने राष्ट्रपति बाइडेनको घोषणा
फाइल तस्वीर

अमेरिकी राष्ट्रपति जो बाइडेनले १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरूको १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्ने आफ्नो योजना घोषणा गरेका छन् । त्यस्तै ऋणको भुक्तानीमा स्थगनलाई पनि यो वर्षको अन्तिमसम्म विस्तार गर्ने भएका छन् ।

बुधबार बिहान बाइडेनले ट्वीट गर्दै पेल अनुदानमा कलेज गएका कम आय भएकाहरुको मिनाहा रकम अझ बढी हुने बताएका छन् । 

पेल अनुदानमा कलेज गएकाहरूको २० हजार डलरसम्म विद्यार्थी ऋण मिनाहा गरिने भएको छ । अण्डरग्रयाजुएट संघीय ऋण भएकाहरूले उनीहरूको मासिक आम्दानीको ५ प्रतिशतमा आफ्नो भुक्तानी पनि सीमित गर्न सक्नेछन् ।

ह्वाइट हाउसले संघीय विद्यार्थी ऋण भुक्तानमा अगस्ट ३१ सम्म गरेको स्थगन थप यो वर्षभरी थप्ने र सन् २०२३ बाट भुक्तानी सुचारु गर्ने पनि बाइडेनले बताएका छन् । 

कोभिड १९ महामारीले अर्थतन्त्रमा ठूलो असर पारेपछि मार्च २०२० देखि अधिकांश संघीय विद्यार्थी ऋणहरूमा भुक्तानी आवश्यक परेको छैन । बाइडेनले यो स्थगन चार पटकसम्म विस्तार गरिसकेका छन् ।

चक शुमर, एलिजाबेथ वारेन लगायतका केही डेमोक्रेटिक सांसदहरूले ५० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्न आग्रह गर्दै आएका थिए । तर राष्ट्रपतिले विद्यार्थी ऋण मिनाहाको निर्णय लगातार पछाडि धकेल्दै आएका थिए ।



बाइडेनले कुनै पनि अन्य राष्ट्रपतिले भन्दा बढी विद्यार्थी ऋण मिनाहा गरिसकेका छन् । उनको प्रशासनले यस अगाडि पनि लगभग ३१ बिलियन ऋण रद्द गर्ने अधिकार दिएको थियो ।



  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १४:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया