स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमाले यूइएफए `प्लेयर अफ दि इयर´अवार्ड जितेका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूइएफले बिहीबार गत वर्ष च्याम्पियन्स लिगमा तथा ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका कारण बेन्जेमालाई याे अवार्ड प्रदान गरेकाे हाे ।
उनले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन् । महिला `प्लेयर अफ दि इयर´ अवार्ड बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया पुटेलासले हात पारिन् ।
पुरुष`कोच अफ दि इयर´अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते । महिला `कोच अफ दि इयर´अवार्ड इंग्लिस टाेलीकी मुख्य प्रशिक्षक सेरिना विग्मानले हात पारिन् ।
इटालीका पूर्वखेलाडी तथा प्रशिक्षक एरिगो साच्चीले `यूइएफए प्रेसिडेन्ट´ अवार्ड प्राप्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।