निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध उजुरी आह्वान

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध उजुरी आह्वान गरेको छ । ​उनीविरुद्ध भएका प्रमाण, कागजात वा जानकारी भए ३ दिनभित्र उपलब्ध गराउन समितिले सूचना निकालेको हो । भएका प्रमाण ३ दिनभित्र समितिमा पुग्नेगरी पठाउन समितिले अनुरोध गरेको छ । 

‘महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने’ निर्णय भएकाले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।  

जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको समितिले जानकारी माग गरेको हो ।

समिति गठन भएको करिब ६ महिनापछि सिंहदरबारमा भदौ ८ गते बसेको सो समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो । 





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १०:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया