एमालेको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने
फाइल तस्बिर

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि छलफल जारी रहने भएको छ । बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको हो । 

छलफलका लागि बनाइएका विभिन्न ९ समूहले प्रतिवेदनमा समूहगत छलफल गरेपछि अध्यक्ष ओलीले आज नै जवाफ दिने तय भएको छ । एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको हो । आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिने लगायत एजेन्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । 





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार ८:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया