प्रिमियर लिगमा आज सात खेल, ठूला क्लब मैदान उत्रिँदै

इंग्लिस प्रिमियर लिगमा आज सात खेल हुँदैछन् । आज म्यानचेस्टर सिटी, आर्सनल, म्यानचेस्टर युनाइटेड, चेल्सी जस्ता ठूला क्लब आ–आफ्ना खेलका लागि मैदान उत्रिँदै छन् । 

नेपाली समयानुसार साँझ सवा पाँच बजे हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु साउथ ह्यामटनको सामना गर्नेछ ।

अघिल्लो खेलमा लिभरपुललाई हराएको युनाइटेड सेन्ट मेरिज् स्टेडियममा पनि त्यसलाई कायम राख्ने सोचमा छ । अघिल्लो खेलमा लेस्टर सिटीलाई पराजित गरेको साउथ ह्यामटन पनि घरेलु मैदानको फाइदा उठाउँदै युनाइटेडलाई स्तब्ध पार्न चाहन्छ । 

राति पौने आठ बजे एकै साथ पाँच खेल हुँदैछन् । चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा लेस्टर सिटीको सामना गर्दैछ । 

अघिल्लो खेलमा लिड्ससँग पराजित चेल्सी घरेलु मैदानको फाइदा उठाउँदै लेस्टरलाई हराएर पीडा भुलाउने प्रयासमा हुनेछ । अघिल्लो खेलमा साउथह्यामटनसँग पराजय बेहोरेको लेस्टर पनि घरेलु टोलीलाई स्तब्ध पर्ने सोचमा छ । 

साविक विजेता म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसको आतिथ्यता गर्दैछ । अघिल्लो खेलमा न्युकासल युनाइटेडसँग बराबरीमा रोकिएको सिटी इतिहाद स्टेडियममा प्यालेसलाई हराउँदै आफ्नो लय फर्काउने दाउमा छ । अघिल्लो खेलमा एस्टन भिल्लालाई हराएको प्यालेस आज पनि त्यसलाई निरन्तरता दिने प्रयासमा हुनेछ । 



ब्राइटनले घरेलु मैदान फाल्मेर स्टेडियममा लिड्स युनाइटेडको सामना गर्नेछ । अघिल्लो खेलमा वेस्टह्याम युनाटेडलाई हराएको ब्राइटन आज पनि त्यसलाई कायम राख्न चाहन्छ । अघिल्लो खेलमा चेल्सीविरुद्ध प्रभावशाली जित हात पारेको लिड्स पनि जितलाई निरन्तरता दिने सोचमा छ । 

लिभरलपुलले घरेलु मैदान एनफिल्डमा बर्नमाउथसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडसँग पराजित लिभरपुल आज जित हात पार्दै आफ्नो आत्मविश्वास फर्काउने प्रयासमा हुनेछ । अघिल्लो खेलमा आर्सनलसँग पराजित बर्नमाउथ पनि घरेलु टोलीलाई स्तब्ध पार्दै हारको श्रृंखला अन्त्य गर्न चाहन्छ । 



ब्रेन्टफोर्डले घरेलु मैदान जिटेक कम्युनिटी स्टेडियममा एभर्टनसँग खेल्नेछ । अघिल्लो खेलमा फुलहमसँग पराजित ब्रेन्टफोर्ड घरेलु मैदानको फाइदा उठाउँदै एर्भनलाई हराउने सोचमा छ । 

अघिल्लो खेलमा नटिङ्घम फरेस्टसँग बराबरीमा रोकिएको एर्भटन पनि घरेलु टोलीलाई हराउँदै लिगमा पहिलो जित दर्ता गर्ने प्रयासमा हुनेछ ।

राति सवा १० बजे सुरु हुने आजको अन्तिम खेलमा लिग आर्सनलले घरेलु मैदान इमिरेट्स स्टेडियमा फुलहमको सामना गर्नेछ । आर्सलन फुलहमलाई हराउँदै आफ्नो विजयी यात्रा चौथो खेलसम्म पनि कायम राख्ने सोचमा छ । 

लिगमा राम्रो प्रदर्शन गरिरहेको फुलहम पनि घरेलु टोलीलाई स्तब्ध पार्दै आफ्नो अपराजित यात्रा जारी राख्ने प्रयासमा हुनेछ ।

  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार १४:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया