त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षाको माग

त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति निकालेर भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।  

विश्वविद्यालयलाई नै बन्धक बनाउने गरी हुलहुज्जत र तालाबन्दी गर्ने समूहमा आबद्ध व्यक्तिलाई कारबाही गर्न पनि त्रिविले माग गरेको छ । विद्यार्थीको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश गर्ने तथा तोडफोड गर्नेजस्ता कार्य बारम्बार हुने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको त्रिविले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज भएपछि विश्वविद्यालय कार्यकारी परिषद्को बैठक जमलमा रहेको एक होटलमा बस्ने क्रममा पनि एउटा समूह जबर्जस्ती बैठकमा पसी अभद्र व्यवहार गरेको जनाइएको छ ।





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार २१:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया