राप्रपा नेपाललाई ‘तीर’ चुनाव चिह्न प्रदान नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललाई ‘तीर’ चुनाव चिह्न प्रदान नगर्न निर्वाचन आयोगलाई आदेश दिएको छ । 

आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले निर्वाचन आयोगका नाममा यस्तो अल्पकालीन आदेश जारी गरेको हो ।

आयोगले गत असार २७ गते राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिने निर्णय गरेको थियो । आयोगको उक्त निर्णय विरुद्ध अध्यक्ष थापा सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले अन्तरिम आदेशका लागि निर्वाचन आयोग र राप्रपा नेपाललाई भदौ १४ गते छलफलमा बोलाउन पनि आदेश जारी गरेको छ ।





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १८:४१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया