दुई प्रहरी प्रहरी महानिरीक्षक अमेरिका प्रस्थान

प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल सोमबार न्यूयोर्क प्रस्थान गरेका छन् । तेस्रो युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी हुन उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।  

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गतेसम्म समिट संचालन हुनेछ । महानिरीक्षकद्वयसँग प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदार प्रसाद सापकोटा समेत त्यसतर्फ प्रस्थान गरेका छन् । 

प्रहरी महानिरीक्षकको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गरेका थिए ।





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार २१:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया