अखिल क्रान्तिकारीले सुरु गर्‍यो २४ घण्टा त्रिवि खुला राख्ने अभियान

नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ सुरू गरेको छ । अखिल क्रान्तिकारीले संघर्ष अन्तर्गत भदौ १५ देखि २२ गतेसम्म २४ घण्टा विश्वविद्यालय खुला रहने अभियान सुरू गरेको हो । 

विश्वविद्यालय सुधारको लागि आन्दोलनको आवश्यकता  नसकिएको भन्दै विश्वविद्यालय रूपान्तरणको लागि आन्दोलनहरूको स्वरूप बदल्ने उचित समय आएको अखिल क्रान्तिकारीको भनाइ छ ।

अखिल क्रान्तिकारीले बिम्बात्मक रूपमा विश्वविद्यालय २४ घण्टा खुला राख्ने जनाएको हो । त्यस्तै, कक्षाकोठा खुला राख्दै पढाइ पुनः सञ्चालन गर्ने र सबै तहका कार्यकक्ष खुला राख्ने उसले जनाएको छ । बिम्बात्मक रूपमा बत्तीहरू खुला राख्ने  र बिम्बात्मक रूपमा पानीको धारा खुला राख्ने अखिल क्रान्तिकारीले जनाएको छ । 

बिम्बात्मक रूपमा विश्वविद्यालयको गेट खुला राख्ने भन्दै अखिल क्रान्तिकारीले विश्वविद्यालय सुधारको लागि  राख्दै आएका माग पूरा नगरिए थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ । विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १४:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया